जन्ती पुर्‍याएर फर्केको बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

 


काभ्रेमा जन्ती पुर्‍याएर फर्केको बस दुर्घटना भएको छ।

तेमाल गाउँपालिका-३ कुन्डोलमा बिहीबार बिहान ५:४० बजे कच्ची घुम्ती सडकमा ना ४ ख  ८८१७ नम्बरको बस पल्टिएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस धादिङमा जन्ती पुर्‍याएर फर्कँदै थियो। कच्ची सडकमा मोड्ने क्रममा बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेकै तेमाल  गाउँपालिका-१ का ५० वर्षीय रामासिंह ता

माङ छन्।




चालक  मकवनपुरको बागमती गाउँपालिका-५ का कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि धुलीखेल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०८:५५
सिफारिस

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.