हीजाे सम्म पराइ लाग्थ्याे ।
आज आफ्नै लाग्न थाल्यो
पिरतिको टुसाहरु मनभित्र
जाग्न थाल्यो ।
मिर्ग नयनी आँखा तिम्रा।
रेसमी ती कपाल हरु ।
सुमसुम्याउ झै आज फेरि
किन मलाइ लाग्न थाल्यो ।
जति मन लाई बस मा गर्यो ।
तिमितिरै भाग्न थाल्यो ।
सुन्दर त्यो तिम्रो मुहार ।
सुरिलो त्यो तिम्रो बोलि,
मधुर त्यो मुस्कान देखि,
आज फेरि तिमी सङै
आउ आउ लाग्न थाल्यो ।
जति मनलाइ बस मा गर्यो ।
तिमी तिरै भाग्न थाल्यो ।
रिसाउने तिम्रो बानी मनमा
माया भयपनी ।
तिमिले हुन्छ भने देखि
अन्त नजर लाउदैनथे ।
अरु हजार प्रस्ताब आय,
कतै पनि धाउदैन्थे,
सुवासिली तिमी एक तिमी
भित्रै हराइसके ।
अलि अलि गर्दै आज
तिमिलाइ मन पराइसके ।