Search This Blog

नचाहने मान्छे

Share:
किन वास्ता छैन उनलाइ
मेरा हजार  बिन्ती को नि ।
महिले दिन चाहेका ती
खुशी अनि गिन्ती को नि ।उनलाइ चित्त दुख्दा खेरि

किन होला यो मन रुने ।
उनलाइ केही भयो भने
सुरुमा नै यो मन छुने ।

उनलाई नदेखी खादा खादा खेरि
तरकरी भात नि फुक्का लाग्ने ।
ब्रशात हरु भइरहदा
जिन्दगी किन सुख्खा लाग्ने ।

उनले देका गाली पनि
किन होला राम्रो लाग्ने ।
एक पल्ट बोली सुन्दा
सुख सरा आइदिने।

वीरह गाउने न्याउलि पनि
सुख को गित गाइदिने ।

No comments

Please do not enter any spam link in the comment box